वाराणसीमा निर्माणाधीन आकाशेपूल भत्किएको मामिलामा चारजना अधिकारीहरू निलम्बित

उत्तर प्रदेशको वाराणसीमा हिजो साँझ एउटा निर्माणाधीन आकाशेपूलका दुइ बीमहरू भत्किए पछि मुख्य परियोजना प्रबन्धक लगायत चारजना अधिकारीहरूलाई निलम्बित गरिएको छ।

यस घटनामा कम्तीमा पनि 18 जनाको ज्यान जान साथै 12 जना घाईते भएका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथले मारिनेहरूका निकटजनाहरूलाई 5 लाख रुपियाँको र घाईते हुनेहरूलाई 2 लाख रुपियाँको आर्थिक सहयोगको घोषणा गर्नु भएको छ। हिजो राती उहाँले दूर्घटनास्थलको दौडाहा गर्नुभयो र विभिन्न चिकित्सालयहरूमा गएर घाईते भएकाहरूसित भेटघाट गर्नुभयो।

श्री योगीले दुर्घटनाको जाँच गर्न कृषि उत्पादन आयुक्त आर पी सिंहको अध्यक्षतामा एउटा तीन सदस्सीय उच्चस्तरीय जाँच समितिको गठन गर्दै यसलाई 48 घन्टा भित्रमा आफ्नो रिपोर्ट पेश गर्न भन्नुभएको छ।
उप-मुख्य मन्त्री केशव प्रसाद मौर्यले पनि दुर्धटनाका प्राविधिक कारणहरूको पत्तो लगाउन एउटा तीन सदस्सीय समिति गठन गर्नुभएको छ। श्री मोर्यले, उत्तर प्रदेश निर्माण निगम र उत्तर प्रदेश सेतु निगमद्वारा कार्यन्वित गरिराखिएका सबै परियोनाहरूमा सुरक्षाका उपयाहरू  सुनिश्चित गर्न एउटा सुरक्षा लेखा प्रकोष्ठ गठन गर्ने घोषणा पनि गर्नुभएको छ।

हिजो राती नै समाप्त भएको राहत अभियानको लागि लगभग 325 सदस्यहरू रहेका राष्ट्रिय आपदा राहत बल एन डी आर एफ-का 7-वटा दलहरू खटाइएको थियो।