मलेसियालाई परास्त गरी भारत पुग्यो महिला एसियाली हकी च्याम्पियन्स ट्रफीको फाइनलमा

कोरियाको डोङ्गेह शहरमा बिहीबार सेमीफाइनलमा मलेसियालाई 3-2-ले परास्त गरी वर्तमान च्याम्पियन भारत महिलाहरूको एसियाली हकी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ।

भारतका लागि गुर्जित कौर, वन्दना कटारिया र लालरेम्सियामीले गोल गरिन् भने मलेसियाका लागि नुरैनी रशि र हनिस ओनले गोल गरिन्।

यद्यपि भारतले आफ्नो अन्तिम पूल म्याच खेल्न बाँकी रहेतापनि आइतबार हुन निर्धारित फाइनलका लागि उ क्वालिफाइ भएको छ। 9 अङ्कका साथ भारत अङ्क तालिकाको शीर्षमा पुगेको छ। आफ्नो अन्तिम पूल म्याचमा भारतले आयोजिक कोरिया विरुद्ध खेल्नेछ।