आईपीएल: आरसीबी-बाट एसआरएच 14 रनले पराजित

आईपीएल क्रिकेटमा, रॉयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)-ले हिजो राति बैंगलुरुको चिन्नास्वामी स्टेडियममा सनराइजर्स हैदराबाद (एसआरएच)-लाई 14 रनले परास्त गऱ्यो।

219 रनको विजय लक्ष्यको पिछा गर्दै हैदराबादले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 204 रन बनायो।  यो जितले आरसीबी-को प्लेअफमा प्रवेश गर्ने सम्भावनालाई जीवित राखेको छ।
आज दिल्लीको फिरोज शाह कोटला स्टेडियममा राति 8 बजे चेन्नई सुपर किङ्ग्स र दिल्ली डेयरडेभिल्स बीच मुकाबिला हुनेछ।