मौद्रिक नीति समितिको बैठक अब 4-देखि 6 जूनसम्म हुने

भारतीय रिजर्भ ब्याङ्कले मौद्रिक नीति समिति एमपीसी-को बैठकलाई एक दिन अघि सारेको छ र अब यो 4 जूनदेखि बस्ने छ।

भारतीय रिजर्भ ब्याङ्कले एउटा वक्तव्यमा भनेको छ, कतिपय प्रशासनिक कारणहरूले गर्दा 2018-19-को दोस्रो द्विमासिक मौद्रिक नीति बैठक 5 र 6 जूनको स्थानमा अब यसपल्ट 4 देखि 6 जूनसम्म हुनेछ। एमपीसी-को बैठक सामान्यतः दुइ दिनको स्थानमा 3 दिन हुने भएको यो पहिलो अवसर हो।