आभासीय मुद्राहरूको सम्बन्धमा रिजर्भ ब्याङ्कको विज्ञप्तिको सम्बन्धमा कुनै पनि आवेदन स्वीकार नगर्न सर्वोच्च अदालतको उच्च अदालतहरूलाई निर्देश

सर्वोच्च अदालतले बीटक्वाइन सरहका आभासीय मुद्राहरूमा गरिने लेनदेनहरूमाथि प्रतिबन्ध लगाउँदै भारतीय रिजर्भ ब्याङ्कद्वारा जारी गरिएको विज्ञप्तिसित सम्बन्धित कुनै पनि आवेदन स्वीकार गर्नबाट उच्च अदालतहरूलाई रोक लगाएको छ।

बीटक्वाइन सरहका अवैध क्रिप्टो अथवा आभासीय मुद्राहरूको खरिद-बिक्रीमाथि अंकुश लगाउने क्रममा तत्काल पाइलाहरू चाल्न केन्द्रलाई निर्देश जारी गर्ने गुहार लगाउँदै गरिएका आवेदनहरूमाथि सुनिवाइ गरिरहेको सर्वोच्च अदालतले यस विषयमा महाअधिवक्ता के.के. वेणुगोपालबाट सहयोगको माग पनि गरेको छ।

क्रिप्टो मुद्राहरू एक किसिमको राज्य विहीन डिजिटल मुद्राहरू हुन् र व्यापारमा यिनीहरूको प्रयोगका लागि एनक्रिप्शन तकनीकको प्रयोग गरिन्छ। यी मुद्राहरूको सञ्चालन भारतीय रिजर्भ ब्याङ्क सरहका केन्द्रिय ब्याङ्कहरूको नियन्त्रण बाहिर रहने गर्छ जसले गर्दा यिनीहरूमाथि सरकारको हस्तक्षेप हुन सक्दैन।

भारतीय रिजर्भ ब्याङ्कले अप्रिल 6 तारिख जारी गरिएको विज्ञप्तिमा आभासीय मुद्राहरूको अवैध व्यापारमा लागेका व्यक्ति एवम् कम्पनीहरूका खाताहरू अचल पार्नको लागि ब्याङ्कहरू एवम् वित्तीय संस्थानहरूलाई निर्देश दिएको थियो।