नेपालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)-को विलय

नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विलय भएर नेपाल कम्युनिस्ट पार्टीको गठन गरेका छन्। दुवै पार्टीहरूको यस एकीकरणको घोषणा नेकपा (एमाले)-का अध्यक्ष तथा नेपालका प्रधान मन्त्री के पी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) प्रमुख तथा पूर्व प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले हिजो साँझ काठमाडौँमा गर्नुभयो। श्री ओली र श्री प्रचण्डलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)-का सह अध्यक्ष निर्वाचित गरिएको छ। नेकपा-को स्थायी समितिमा 45 जना सदस्यहरू रहने छन् भने केन्द्रीय समितिमा 441 जना।

यस अवसरमा पार्टी कमरेडहरूलाई सम्बोधन गर्नुहुँदै सह अध्यक्ष तथा प्रधान मन्त्री ओलीले भन्नुभयो, एकीकरणबाट एउटा इतिहासको सृजना भएको छ र नेपालले लोकतन्त्रको एउटा नौलो युगमा प्रवेश गरेको छ।

नवगठित पार्टीका सह अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भन्नुभयो, एकीकरणका साथ नेपालले अन्तर्राष्ट्रिय राजनीतिलाई विकास र राजनैतिक स्थिरताको एउटा नयाँ सन्देश दिएको छ। उहाँले भन्नुभयो, एकीकरणको मुख्य उद्देश्य हो, समाजिक न्यायको आधारमा मुलुकको समृद्धि एवम् अर्थिक विकास।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)-ले पोहोर अक्टोबरमा चुनावी गठबन्धनको घोषण गरेर प्रदेश तथा संसदीय चुनावहरू मिलेर लडेका थिए। बामपन्थी गठबन्धनलाई यस ऐतिहासिक निर्वाचनमा विशाल विजय प्राप्त भएको थियो र तिनीहरूले केन्द्र तथा 7 मध्ये 6 प्रदेशहरूमा सरकार बनाएका थिए।