कर्नाटकमा भाजपाद्वारा सरकार गठनको चुनौती दिने याचिकामाथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने

सर्वोच्च अदालतले, कर्नाटकमा भाजपाद्वारा सरकार गठनलाई चुनौती दिँदै कांग्रेस र जनता दल (सेक्युलर) द्वारा दायर याचिकामाथि आज सुनुवाइ गर्नेछ।

सर्वोच्च अदालतले हिजो एका बिहानै  गरेको सुनुवाइमा मुख्य मन्त्रीको रूपमा श्री बी.एस. यदुरूप्पाको शपथ ग्रहणमाथि रोक लगाउन अस्विकार गरेको थियो।

न्यायमूर्ति ए.के. सिक्रीको अगुवाइमा तीनजना न्यायधीशहरूको एउटा पीठले उसको समक्ष रहेको आवेदनको परिणाममाथि नै शपथ ग्रहण र सरकारको गठनको भविष्य निर्भर रहने बताएको छ। सर्वोच्च अदालतले आज भाजपा सरहका अन्य प्रतिवादीहरूलाई पनि सुन्ने बताएको छ।

अदालतले भाजपा लगायतका प्रतिवादीहरूलाई जनाउ जारी गरेर उनीहरूको जवाफ पेश गर्न भनेको छ।

अदालतले सरकार बनाउने दावा गर्दै भाजपाले राज्यपाललाई दिएको पत्र पनि उसको समक्ष पेश गर्न भनेको छ।