पाकिस्तानद्वारा जम्मू एवम् काश्मीरमा भारी गोली-बारी

जम्मू एवम् काश्मीरमा युद्ध विरामको एउटा अर्को घटनामा हिजो राती पाकिस्तानी टुकडीहरूले जम्मू अन्तर्राष्ट्रिय सीमानामा रहेका अर्निया, आर एस पुरा र सम्बा सेक्टरमा मोर्टरहरूद्वारा भारी गोली-बारी गरे।

सीमा पारीबाट भएको यस गोली-बारीमा सीमा सुरक्षा बल-का एक जवान शहीद हुनका साथै तीन जना असैनिक नागारीहरू घाईते पनि भएका छन्। पाकिस्तानी टुकडीहरूले हिजो राती लगभग एक बजे अर्निया, आर एस पुरा र  निकटवर्ती सम्बा सेक्टरमा भारतीय चौकीहरू र असैनिक इलाकाहरूलाई निशाना बनाउँदै गोली चलाउन र तोप वर्षाउन थालेका थिए।

सीमा सुरक्षा बलका अर्नियामा तैनाथ झारखण्डका जवान सीता राम उपाध्याय सीमा पारीबाट गरिएको गोली-बारीमा घाईते भएका थिए। पछि अस्पताल लिएर जाँदा-जाँदै उनको ज्यान गयो।

यसले गर्दा सीमा सुरक्षा बलका सिपाहीहरू पनि प्रभावी जवाफ दिन वाध्य भएका थिए। कतिपय ठाँउमा बिहानसम्म नै फाट-फुट गोली-बारी भइ राख्यो। यस गोली-बारीमा लगभग एक दर्जन सीमा चौकीहरू र त्यत्ति नै गाँउहरू प्रभावित भएको बताइएको छ।

सोमाबार सम्बा सेक्टरमा आतङ्ककारीहरूको घूसपैठको प्रयासलाई विफल तुल्याउने कममा पाकिस्तानी रेंजरहरूद्वारा गरिएको गोली-बारीमा सीमा सुरक्षा बलका अन्य एक जना सिपाही शहीद भएका थिए भने सम्बा र हिरानगर सेक्टरहरूमा पाकिस्तानद्वारा गरिएको गोली-बारीमा हिजो सीमा सुरक्षा बलका एक जवान र असैनिक नागरिक घाईते भएका थिए।