शिवाङ्गी नेपालतिरबाट सफलतापूर्वक सगरमाथा आरोहण गर्ने भारतको सबैभन्दा कम उमेरकी महिला बनिन्

शिवाङ्गी पाठक नेपालतिरबाट सगरमाथा आरोहण गर्ने भारतको सबैभन्दा कम उमेरकी महिला बनेकी छिन्।  सेभेन समिट ट्रेक्सका प्रबन्धन निदेशक मिङ्गमा शेर्पाले हाम्रा काठमाडौँ संवाददतालाई भन्नुभयो, बिहीबार बिहान 16 वर्षीया शिवाङ्गी विश्वको सर्वोच्च शिखरमा  उभिन सफल भएकी छिन्। हरियाणाको हिसारमा जन्मेकी शिवाङ्गी सगरमाथा चढी सबै महिलाहरूलाई कुनैपनि समास्यासित निप्टिन सकिन्छ भन्ने एउटा सन्देश दिन चहान्छिन्। उनी सगरमाथा चढ्ने भारतकी पहिलो दिव्याङ्ग महिला अरुनीमा सिन्हाबाट प्रेरित भएकी थिइन्। मीडियाअनुसार भारतका अन्य दुइ पर्वतारोही भगवान चावले र प्राजित परदेसी पनि बिहीबार सगरमाथाको शिखरमा पुग्न सफल भए।