भारतलाई छ: वटा एएच-64ई अपाचे आक्रमक हेलिकप्टरहरू 93 करोड डलरमा विक्री गर्ने एउटा सम्झौतालाई अमेरिकी सरकारद्वारा मञ्जूरी प्रदान

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले हिजो राति बताएअनुसार, भारतीय सेनालाई छ: वटा अपाचे आक्रमक हेलिकप्टरहरू 93 करोड डलरमा विक्री गर्ने एउटा सम्झौतालाई अमेरिकी सरकारले मञ्जूरी दिएको छ।

यस सम्झौतालाई अब अनुमोदनका लागि युएस कँग्रेस समक्ष पेस गरिनेछ अनि कुनै पनि सांसदले यसको प्रतिरोध नगरेको खण्डमा यसले अनुमति प्राप्त गर्नेछ।  

बोईंग तथा उसको भारतीय साझेदार टाटाले अपाचेका कलपुर्जाहरू भारत स्थित संयन्त्रमा उत्पादन समेत गर्न सुरु गरेका छन्।

अनुबन्धमा वायुयानको अतिरिक्त नाइट भिजन सेन्सर्स, जीपीएस गाइडेन्स तथा सैयौं एन्टी-आर्मर एवम् हावादेखि हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू पनि सामेल छन्।