परमाणु निरस्त्रिकरण शत्रुताको समाप्तिमाथि निर्भर गर्दछ: उत्तर कोरियाली नेता किम जोङ उन

कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउनु, एक-अर्कालाई उत्तेजित पार्ने वाशिङ्गटन र प्योङयाङ्का पाइलाहरूको समाप्तिमाथि निर्भर गर्दछ भनी उत्तर कोरियाली नेता किम जोङ उन-ले बताउनु भएको छ। किमको उद्धरण गर्दै उत्तर कोरियाको सरकारी मीडियाले प्रायद्वीपमा शान्ति र स्थिरता हासिल गर्नका लागि दुइ मुलुकहरू आपसी समझदारीमा एक-अर्कालाई उत्तेजित पार्ने गतिविधिहरू बन्द गर्न आफैमा प्रतिबद्ध हुनुपर्दछ भनी बताएको छ।

हिजो किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच सम्पन्न ऐतिहासिक बैठकबाट दुइ राष्ट्रहरूको नाजुक सम्बन्धमा पूर्ण परिवर्तन आएको सरकार-सञ्चालित केसीएनए समाचार एजेन्सीले बताएको छ।

श्री किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उहाँको सुविधाअनुसर प्योङयाङ्ग आउन आमन्त्रित गर्नुभयो अनि श्री ट्रम्पले पनि उत्तर कोरियाका नेतालाई अमेरिकाको भ्रमणमा आमन्त्रित गर्नुभएको छ भनी समाचार एजेन्सी केसीएनए-ले बतायो।

यसले दुइ मुलुकहरू बीचको सम्बन्ध सुधार्ने अर्को एउटा महत्त्वपूर्ण अवसर प्रदान गर्दछ भन्दै दुवै नेताहरूले एक-अर्काको निमन्त्रणा स्वीकारेका छन्।