जम्मू एवम् कश्मीर: अन्तर्राष्ट्रिय सिमानामा पाकिस्तानी गोलीबारीमा बीएसएफ-का चार जवानहरू शहीद

जम्मू एवम् कश्मीरको सम्बा जिल्ला स्थित अन्तर्राष्ट्रिय सिमानामा हिजो राति पाकिस्तानी सेनाको गोलीबारीमा सीमा सुरक्षा बल (बीएसएफ)-का एकजना असिस्टेन्ट कमान्डेन्ट लगायत चार जवानहरू शहीद भए तथा अन्य पाँच जवानहरू घाइते भएका छन्।  

बीएसएफ सूत्रले अल इन्डिया रेडियोलाई बताएअनुसार, हिजो राति 10 बजेतिर पाकिस्तानी फौजले रामगढ सेक्टरको चामलियाल तथा नारायणपुर स्थित बीएसएफ चौकीहरूलाई लक्ष्य बनाउँदै अकारण गोलीबारी गऱ्यो। पाकिस्तान रेन्जर्सको इस्नाइपर शट्समा बीएसएफ-का जवानहरू मारिनुका साथै घाइते भएका हुन्। यसको प्रतिक्रियामा, सिमानामा तैनाथ बीएसएफ जवानहरूले पनि प्रतिशोधकारी हमला गरे। गोलीबारी बिहान 2 बजेसम्म चलेको खबर छ।