आरबीआईका गभर्नरद्वारा फसेका ऋणहरूको परिप्रेक्ष्यमा सार्वजनिक क्षेत्रका बैंकहरूमाथि निगरानी गर्न थप अधिकारको माग

भारतीय रिजर्भ बैंक, आरबीआई-लाई फसेका ऋणहरूको परिप्रेक्ष्यमा सार्वजनिक क्षेत्रका बैंक, पीएसबी-हरूमाथि निगरानी गर्न थप अधिकारहरूको खाँचो छ। आरबीआई-का गभर्नर उर्जित पटेलले मंगलवार नयाँ दिल्लीमा वित्तसँग सम्बद्ध संसदको स्थायी समिति समक्ष यो कुरा व्यक्त गर्नुभयो। सूत्रहरूले जानकारी दिएअनुसार बैठकको बेला सांसदहरूले गभर्नरलाई फसेका ऋण, बैंकहरूमा भएको धोखाधडी, नगदीको कमी र अन्य मुद्दाहरूबारे कडा प्रश्नहरू गरे।। श्री पटेलले भन्नुभयो, बैंकिङ्ग प्रणालीलाई मजबुत गर्नका लागि पाइला चालिएको छ। उहाँले भन्नुभयो, रिजर्भ बैंकसित सरकारी बैंकहरूमाथि नियन्त्रण गर्न पर्याप्त अधिकार नरहेको श्री पटेलले बताउनुभयो।

श्री पटेलले पंजाब नेशनल बैंकसित सम्बद्ध भगौडा हिरा व्यापारी नीरव मोदीद्वारा गरिएको कथित धाँधली सम्बन्धी सोधिएका प्रश्नहरूको पनि जवाफ दिनुभयो।