भारतले अमेरिका-उत्तर कोरिया शिखर वार्तालाई एक सकारात्मक पाइलो बताउँदै यसको स्वागत गऱ्यो

भारतले अमेरिका र उत्तर कोरियाबीच सिङ्गापुरमा भएको शिखर सम्मेलनको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयको एक वक्तव्यमा यो एक सकारात्मक घटनाक्रम रहेको बताइएको छ। भारतले वार्ता र कुटनयिक पहलद्वारा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका सबै प्रयासहरूको सदैव समर्थन गर्दै आएको छ। शिखर सम्मेलनका परिणामहरूलाई लागू गरिनाले यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताको मार्ग प्रशस्त हुने आशा भारतले व्यक्त गरेको छ।

भारतले कोरियाली प्रायद्वीप मुद्दाको समाधान खोजेको बेला भारतको छिमेकी मुलुकमा परमाणु प्रसारको बारेमा उसका चिन्ताहरूलाई ध्यानमा राखिनेछ र यसको समाधान गरिनेछ भन्ने आशा पनि गरेको छ।

हाम्रा सम्वाददाताले जानकारी दिएअनुसार अमेरिकाले कोरियाली प्रायद्वीपको पूर्णरूपले परमाणु निरस्त्रीकरणका लागि उत्तर कोरियाको मजबुत र अटल प्रतिबद्धताको बदलिमा उसलाई सुरक्षा गारण्टी दिने फैसला गरेको छ।

यसैबीच दक्षिण कोरियाले ट्रम्प-किम शिखर वार्तालाई शताब्दीको वार्ता बताएको छ। दक्षिण कोरियाका राष्ट्रपति मून जोङ्ग इनले यस वार्तामा उत्तर र दक्षिण कोरिया तथा अमेरिकाबीच सम्बन्धमा नयाँ युगको सूत्रपात हुने बताउनुभएको छ।

चीनले पनि यसलाई क्षेत्रमा तनाव समाप्त गर्नका लागि परमाणुकरणबाट पूर्ण मुक्तिको आह्वान गर्दै श्री ट्रम्प र श्री किम जोङ्ग उनको बैठकको स्वागत गरेको छ। जापानका प्रधान मन्त्री शिन्जो आबेले पनि दस्तावेजमा हस्ताक्षरको स्वागत गर्नुभएको छ।