राष्ट्रपति कोविन्द जून 16 तारिख तीन राष्ट्रहरू ग्रीस, सूरीनाम र क्यूबाको भ्रमणमा जानुहुने

राष्ट्रपति रामनाथ कोविन्द यो महिना 16 तारिखदेखि 22 तारिखसम्म तीन राष्ट्रहरू ग्रीस, सूरीनाम र क्यूबाको भ्रमणमा जानुहुनेछ।

राष्ट्रपति आफ्नो भ्रमणको पहिलो चरणमा आगामी शनिबार ग्रीसको राजधानी एथेन्स प्रस्थान गर्नुहुनेछ। उहाँका साथ  एक ठूलो प्रतिनिधिमण्डल पनि सो भ्रमणमा जानेछ जसमा इस्पात राज्य मन्त्री विष्णु देव साई पनि शामेल हुनुहुन्छ ।

नयाँ दिल्लीमा पत्रकारहरूसित कुराकानी गर्दै मध्य यूरोप मामिलाका संयुक्त सचिव सुब्रतो भट्टचार्यले भन्नुभयो, राष्ट्रपति कोविन्दले ग्रीक राष्ट्रपतिसित भेट गर्नुहुनेछ। यस अतिरिक्त उहाँले ऐतिहासिक र पुरात्तात्विक महत्त्वका स्थलहरूको भ्रमण पनि गर्नुहुनेछ। त्यसपश्चात उहाँ 19 जूनमा सूरीनाम जानुहुनेछ र थुप्रै सम्झौता पत्रहरूमा हस्ताक्षर गर्नुहुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा जून 21 तारिख राष्ट्रपति कोविन्द क्यूबा जानुहुनेछ।