प्रधान मन्त्री मोदीद्वारा एनडीए सरकारका महत्त्वपूर्ण योजनाहरूको समीक्षा गर्न मन्त्रिपरिषदको बैठकको आह्वान

प्रधान मन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ। बैठकमा श्री मोदीले एनडीए सरकारका प्रमुख योजनाहरू र भविष्यको एजेन्डाको समीक्षा गर्नुहुने सुत्रहरूले जानकारी दिएका छन्।

यस बैठकमा किसानहरूका समस्याहरू र केन्द्र सरकारद्वारा उनीहरूलाई राहत प्रदान गर्नका लागि गरिएका उपायहरूबारे पनि चर्चा हुने सम्भावना रहेको हाम्रा सम्वाददाताले जानकारी दिएका छन्। यस अतिरिक्त प्रधान मन्त्री जन औषधी योजना, आयुष्मान भारत, प्रधान मन्त्री फसल बीमा योजना, प्रधान मन्त्री उज्जवला योजना र मुद्रा योजना जस्ता अन्य योजनाहरूको पनि समीक्षा गरिने सम्भावना छ। संसद भवनमा हुने यस महत्त्वपूर्ण बैठकमा सबै केन्द्रीय मन्त्रीहरूलाई उपस्थित हुन भनिएको छ।