इन्डोनेसियाको सुमात्रा द्वीपमा 6.0 तीव्रताको भूकम्प

इन्डोनेसियाको सुमात्रा द्वीपमा हिजो 6.0 तीव्रताको भूकम्प आयो।

संयुक्त राज्य अमेरिकाको भू-विज्ञान सर्वेक्षणअनुसार, क्षयक्षति वा मानिस घाइते भएको कुनै आरम्भिक रिपोर्ट थिएन। सो भूकम्प सुमात्रामा पदङदेखि 246  किलोमीटर टाढा दक्षिणपश्चिममा आएको थियो। त्यहाँ सुनामीको कुनै तत्काल चेतावनी थिएन। पछि अमेरिकाको भ-विज्ञान सर्वेक्षणले उक्त भूकम्पको तीव्रता 5.8 रहेको बतायो।