केन्द्रीय मन्त्रिमण्डलले आगामी महिना नयाँ दूरसञ्चार नीतिलाई मञ्जूरी दिने सम्भावना छः सञ्चार मन्त्री

सञ्चार मन्त्री मनोज सिन्हाले आगामी महिना नयाँ दूरसञ्चार नीति लागू गरिने सम्भावना रहेको बताउनुभएको छ।

सरकारले हालै राष्ट्रिय डिजिटल सञ्चार नीति जारी गरेको थियो जसको उद्देश्य 2022 सम्म 40 लाख नयाँ रोजगारको सृजना गर्नु, यस क्षेत्रमा लगभग 6.5 लाख करोड रुपियाँको लगानी आकर्षित गर्नु र हरेक नागरिकलाई 50 एमबीपीएस-को ब्रडब्यान्ड सुविधा सुनिश्चित गर्नु रहेको छ।

विगत चार वर्षमा आफ्नो मन्त्रालयका उपलब्धिहरूबारे नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिँदै श्री सिन्हाले भन्नुभयो, एनडीए सरकार सत्तामा आएको बेला सञ्चार क्षेत्र उथलपुथल थियो र हितधारकहरूबीच विश्वासको कमी थियो। चार वर्षमा उहाँको मन्त्रालयले पारदर्शिता र सुशासन ल्याएको श्री सिन्हाले  बताउनुभएको छ।