काठमाडौंमा आईसीटीमाथि अन्तर्राष्ट्रिय सम्मेलन 17 जूनदेखि सुरु हुनेछ

नेपालको राजधानी काठमाडौंमा सूचना एवम् संचार प्रविधि, आईसीटीमाथि अन्तर्राष्ट्रिय सम्मेलन 17 जूनदेखि सुरु हुँदैछ। यस दुइ दिने सम्मेलनको विषय रहेको छ, “स्मार्ट समाजका लागि दीगो विकासका लक्ष्यहरू”।

 सम्मेलनको आयोजन नेपाल कम्प्युटर संगठन महासंघद्वारा गरिएको हो। आयोजकअनुसार, लगभग 500 जना प्रतिनिधिहरूले भाग लिनेछन् जसमा सूचना संचार प्रविधिका प्रयोगकर्त्ता, प्रशिक्षक, पेसावाल, विशेषज्ञ, तथा जापान, चीन, कोरिया, भारत अनि नेपालबाट अनुसन्धानकर्त्ताहरू उपस्थित हुनेछन्।

सम्मेलनले सहभागीहरूलाई उनीहरूका ज्ञान आदानप्रदान गर्ने अनि नयाँ सोचहरूको खोजी गर्न एउटा साझा मञ्च प्रदान गर्नेछ।
यो सम्मेलनले सतत सूचना संचार प्रविधिहरूको प्रयोग गरी एउटा कार्य योजना विकसित गर्नका लागि सरकारी तथा निजी क्षेत्रलाई एकसाथ अघि ल्याउने लक्ष्य राखेको छ।  यसले 2030 भित्रमा स्मार्ट नेपालका आकांक्षाहरू पूरा गर्न पनि चाहन्छ।