नेपालको संवैधानिक परिषदद्वारा नयाँ प्रधान न्यायाधीशमा न्यायाधीश दीपक राज जोशीको नाम सिफारिस

नेपालको संवैधानिक परिषदले सर्वोच्च अदालतको नयाँ प्रधान न्यायाधीशमा न्यायाधीश दीपक राज जोशीको नाम सिफारिस गरेको छ। हिजो साँझ काठमाडौँ स्थित प्रधान मन्त्रीको कार्यालयमा बसेको परिषदको बैठकले न्यायाधीश जोशीलाई देशको सर्वोच्च अदालतको प्रमुख पदमा मनोनित गर्ने निर्णय गरेको हो। जोशी सबैभन्दा वरिष्ठ न्यायाधीश हुनुहुन्छ र प्रधान न्यायाधीश गोपाल पराजुलीले यसै वर्षको मार्च महिनामा राजीनामा दिनुभएपछि उहाँ सर्वोच्च अदालतमा कायममुकायम प्रधान न्यायाधीशको रूपमा कार्यरत हुनुहुन्छ।

संवैधानिक प्रावधानअनुसार संसदीय सुनुवाई विशेष समितिको अनुमोदनपछि न्यायाधीश जोशीलाई प्रधान न्यायाधीशको पदमा नियुक्त गरिनेछ।