जिम्बाब्वेमा जुलाईमा हुने चुनाउका लागि राष्ट्रपति र विपक्षी नेताद्वारा नामाङ्कन दर्ता

जिम्बाब्वेमा सेना समर्थित राष्ट्रपति र एकजना युवा विपक्षी नेताले 30 जुलाईमा हुने चुनाउका लागि नामाङ्कन दर्ता गरेका छन्। यो चुनाउ पहिलोपटक पूर्व नेता रोबर्ट मुगाबेको सहभागिता बिना हुनेछ।

गत वर्ष नोभेम्बरमा सेनाको सहयोगमा सत्तामा आउनुभएको श्री मुगाबेका पूर्व सहयोगी 75 वर्षीय राष्ट्रपति एमर्सन मननगाग्वाले 40 वर्षीय नेल्सन  चमिसाका साथ कडा चुनौतीको सामना गर्नुपर्नेछ। नेल्सन चमिसाको पार्टी मुख्य विपक्षी पार्टीको रूपमा सक्रिय छ। चार अन्य साना पार्टीहरूले पनि नामाङ्कन दर्ता गरेका छन।

श्री मननगाग्वाले स्वतन्त्र र निष्पक्ष चुनाउको वाचा गर्नुभएको छ। लगभग दुइ दशकपछि पहिलोपटक पश्चिमा पर्यवेक्षकहरूलाई आमन्त्रित गरिएको छ। पछिल्लो चुनाउमा कथित धोखाधडी भएको थियो।