यमनको होदेइडाको बाहिरी भागमा 39 लडाकूहरू मारिए

यमनमा विद्रोहीहरूको नियन्त्रणमा रहेको बन्दरगाह शहर होदेइडाको बाहिरी भागमा भएको भीषण संघर्षमा 30 लडाकूहरू मारिएका छन्। यमनकाो ईरान समर्थित हुथी विद्रोहीहरूको लडाईँमा 30 जना मारिएको बताइएको छ। सो स्थल होदेइडा विमानस्थलदेखि दुइ किलोमीटर टाडा छ। चिकित्सा सुत्रले जानकारी दिएअनुसार सो क्षेत्रमा सरकारी सेना समर्थित 9 व्यक्तिहरू मारिएका छन्।

सैन्य सुत्रले जानकारी दिएअनुसार सउदी अरबको नेतृत्त्वमा रहेको गठबन्धनले युद्धपोत र अपाचे हेलिकप्टरहरूका साथ सरकार समर्थित सेनालाई हुथीका ठेगानाहरूमा हमला गर्नमा सहयोग गरिरहेको छ।