सडक परिवहन एवम् राजमार्ग मन्त्रालयद्वारा मार्च 2019-मा पूरा गरिने लगभग 300 परियोजनाहरूको पहिचान

सडक परिवहन एवम् राजमार्ग मन्त्रालयले मार्च 2019 सम्म पुरा गरिने लगभग 300 परियोजनाहरूको पहिचान गरेको छ। एक सरकारी विज्ञप्तिअनुसार 700 भन्दा धेरै राजमार्ग परियोजनाहरूलाई दुइ दिवसीय समीक्षा पछि अन्तिम रूप दिइएको छ।

यी परियोजनाहरूमा लगभग 100 परियोजनाहरू छन् जो आगामी डिसेम्बरसम्म पूरा हुने सम्भावना छ। बिहिवार नयाँ दिल्लीमा मीडियालाई सम्बोधित गर्दै सडक परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीले यो साताको प्रारम्भमा 20 राज्यहरूमा हाल जारी परियोजनाहरूको व्यापक समीक्षा गरिएको जानकारी दिनुभयो।

श्री गडकरीले परियोजनाहरूको नियमित समीक्षा गर्नुपर्ने र यसलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने विषयमाथि जोड दिनुभयो। उहाँले ठेकेदारहरूको राम्रो प्रदर्शनमाथि पनि ध्यानकेन्द्रित गर्नुभयो र उनीहरूलाई प्रोत्साहनका साथ पुरस्कृत गरिने बताउनुभयो। धनको प्रवाहसित सम्बन्धित मुद्दाहरूको समाधानका लागि प्रमुख बैंकहरूका साथ बैठक गर्ने जानकारी पनि श्री गडकरीले दिनुभएको छ।