भारतमा भोली ईद मनाइने

रमजानको पवित्र महिना अन्त्य भएको सूचित गर्ने पर्व ईद-उल-फितर सारा देशमा भोली मनाइने छ। जामा मस्जिदका शाही इमाम सयद अहमद बुखारी र फतेपुरी मस्जिदका शाही इमान ड. मुफ्ती मोहम्मद मुकर्रम अहमदले भन्नुभयो, हिजो साँझ ईदको चाँद नदेखिएको हुँदा ईद भोली मनाइने छ।

तर साऊदी अरब र संयुक्त अरब अमिरातमा चाँही ईद आज मनाइँदै छ। रमजानको महिनाको अन्त्यमा सव्वालको चाँद देखा परेपछि नै यो घोषणा गरिएको हो।