दिल्लीमा धूलोका स्रोतहरूमाथि नियन्त्रणको लागि सबै उपायहरू गर्न र अत्याधिक सतर्क रहन एजेन्सीहरूलाई पर्यावरण मन्त्रालयको निर्देश

पर्यावरण मन्त्री हर्षवर्धनले सबै एजेन्सीहरूलाई सर्वाधिक सतर्क रहन तथा दिल्लीमा धूलोका स्रोतहरूमाथि नियन्त्रणको लागि सबै उपायहरू गर्न निर्देश दिनुभएको छ। एउटा आधिकारीक बयानका अनुसार वर्तमान स्थितिलाई हेरी जनतासित बिना कारण बाहिर ननिस्क्न उहाँले अपिल गर्नुभएको छ।

भारत मौसम विज्ञान विभाग (आई एस डी)-को एउटा तथ्याङ्कको उल्लेख गर्दै पर्यावरण मन्त्रालयले धूलपूर्ण स्थिति आगामी दुई दिन सम्म जारी रहने बताएको छ।

वर्गीकृत जवाबी कार्यवाही योजना अन्तर्गत रहेको कार्य बलले केन्द्रीय प्रदुषण बोर्डसित भेट गरी निर्माण गतिविधिहरूमाथि प्रतिबन्ध लगाउने उपायहरू तुरून्तै लागु गर्न सिफारिश गरेको यसमा बताइएको छ।