नीति आयोगको समग्र जल प्रबन्धन सूचकमा गुजरातलाई सर्वोच्च र झारखण्डलाई सर्वन्युन स्थान

जल संसाधन मन्त्री नितीन गडकरीले हिजो नयाँ दिल्लीमा नीति आयोगको समग्र जल प्रबन्धन सूचक जारी गर्नुभयो। यस सूचीमा गुजरातलाई सर्वोच्च स्थान प्राप्त भएको छ भने झारखण्ड सबैभन्दा न्युन स्थानमा रहेको छ। गुजरात पछि क्रमैसित मध्य प्रदेश, आन्ध्र प्रदेश, कर्नाटक र महाराष्ट्रको स्थान रहेको छ।

उत्तर पूर्वी र हिमाली क्षेत्रका राज्यहरूमा त्रिपुरा शीर्षमा रहेको छ र त्यसपछि हिमाचल प्रदेश, सिक्किम र असम रहेका छन्। समग्र जल प्रबन्धनमाथि जारी गरिएको यस किसिमको पहिलो सूचीमा नीति आयोगले 9 व्यापक क्षेत्रहरू र विभिन्न पक्षहरूलाई समेट्ने 28 बेग्ला-बेग्लै सूचकहरूको आधारमा राज्यहरूलाई दर्जा प्रदान गरेको छ।

रिपोर्टमा 2030-सम्ममा मुलुकमा पानीको माग उपलब्ध आपूर्तीको दोब्बर हुने भविष्यवाणी गरिएको छ र यसबाट लाखौं-लाख जनताले पानीको विकट अभावको सामना गर्नुपर्ने संकेत पाइन्छ।