क्षेत्रीय सडक निगम भएको उत्तर पूर्व भारतको एक मात्र क्षेत्र होः केन्द्रीय मन्त्री जितेन्द्र सिंह

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले भन्नुभएको छ उत्तर पूर्व नै भारतको एक मात्र क्षेत्र हो  जहाँ केन्द्र सरकराले विकासलाई हैंसे प्रदान गर्न एउटा क्षेत्रीय सडक निगमको स्थापना गरेको छ।

उत्तर पूर्वको विकासको लागि केन्द्र सरकारले विगत चार वर्षहरूमा अनेकौं पहलहरू गरेको उहाँले बताउनुभयो। श्री सिंहले भन्नुभयो, उत्तर पूर्वी क्षेत्रमा विकासजन्य गतिविधिको गति अन्य राज्यहरूको लागि प्रेरणाको स्रोत हुन सक्छ।

श्री सिंहले हिजो जम्मूमा उत्तरपूर्वी क्षेत्र विकास मन्त्रालयको सल्लाहकार समितिको बैठक बोलाउनुभएको थियो। बैठकमा मुख्य ध्यान उत्तरपूर्वी हस्तकला र हतकरघा विकास निगम सम्बन्धी विषयहरू र मन्त्रालयद्वारा कार्यन्वित गरी राखिएका जीविकोपार्जन योजनाहरूमाथि रहेको थियो।