भारतीय महिला हकी दलले स्पेन विरूद्ध 5 म्याचहरूको शृङ्खलाको तेस्रो म्याच आज म्याड्रिडमा खेल्ने

भारतीय महिला हकी दलले स्पेनसित 5 म्याचहरूको शृङ्खला अन्तर्गतको तेस्रो म्याच आज म्याड्रिडमा खेल्नेछ। यो भारतीय समयानुसार राति 11 बजे सूरू हुनेछ।

पहिलो म्याचमा नराम्रो गरी 3-0 गोलको अन्तरले पराजित भएपछि भारतले आफ्नो खेलमा धेरै सुधार गरी दोस्रो म्याच 1-1 गोलले बराबरीमा राखेको थियो।

यो टुर्नामेन्ट रानी रामफलको नेतृत्वमा रहेको भारतीय महिला हकी टीमको आगामी महिना हुने विश्वकप निम्ति तयारीकै एउटा हिस्सा हो। महिलाहरूको विश्वकप हकी लण्डनमा जुलाई 21 तारिख सुरू भई 5 अगस्ट सम्म चल्नेछ।