भारत अफगानिस्तान क्रिकेट टेस्ट म्याचः भातरको प्रथम इनिङ्ग्स 474 रनमा समाप्त

बेंगलुरुमा भारतसित भइरहेको अफगानिस्तानको सर्वप्रथम टेस्ट म्याचको आज दोस्रो दिन मध्यान्न भोजनको अवकास हुनभन्दा ठीक अघि 474 रनमा भारतको प्रथम इनिङ्ग्स समाप्त भयो। आज भारतको लागि हिजोका अविजित खेलाडी हार्दिक पाण्याले सर्वाधिक 71 रनको योगदान गरे। रविचन्द्रन अश्विन, रविन्द्र जडेजा र उमेश यादवले क्रमैसित 18, 20 र 26 रनको योगदान गरे। आज बिहान भारतले हिजोको  6 विकेटमा 347 रनबाट फेरी खेल्न सुरू गरेको थियो।

अफगानिस्तानको लागि अहमदजैले तीन, वफादार र रासिद खानले दुई-दुई तथा नवी र मुजीवले एक-एक विकेट लिए।

त्यसपूर्व हिजोको खेल समाप्त हुँदा प्रारम्भिक ब्याट्स म्यान शिखर धवन तथा मुरली विजयका शतकहरू र के एल राहुलको 54 रनको योगदानका साथ भारतले 6 विकेटहरू गुमाई 347 रन बनाएको थियो। यस क्रममा 19 चौका र 3 छक्काहरूका साथ 91 बलमा शतक बनाएर शिखर धवन टेस्ट म्याचको पहिलो दिन मध्याह्न भोजनको विश्राम पूर्व नै शतक बनाउने प्रथम भारतीय खेलाडी बने। लञ्चपूर्व शतक बनाउने उनी विश्वका छैठौं खेलाडी पनि हुन्। वर्षाले गर्दा हिजो 103 मिनेटको खेलको समय नष्ट भएको थियो।

प्रधान मन्त्री नरेन्द्र मोदीले अफगानिस्तानले आफ्नो सर्वप्रथम टेस्ट म्याच खेल्नको लागि भारतलाई रोजेको लागि बुधबार अफगानिस्तनको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, अब क्रिकेट अफगानिस्तानमा एकता ल्याउने शक्ति बनेको छ।