राष्ट्रपति रामनाथ कोविन्दले आज पुरानो गोवामा युनेस्को विश्व धरोहर स्थलको भ्रमण गर्नुहुनेछ

राष्ट्रपति रामनाथ कोविन्दले आज पुरानो गोवा स्थित युनेस्को विश्व धरोहर स्थल, ‘बेसिलिका अफ बोर्न जिजस’-को भ्रमण गर्नुहुनेछ। उहाँले मार्दोलको मंगेशी गाँउ स्थित मंगेश मन्दिरको दर्शन पनि गर्नुहुनेछ।

उहाँको गोवा भ्रमणको प्रथम दिन, हिजो उहाँले पणजी नजिक बाम्बोलिन स्थित श्यामा प्रसाद मुखर्जी स्टेडियममा गोवा विश्वविद्यालयको 30-औं दीक्षान्त समारोहलाई सम्बोधित गर्नुभयो। गोवा सरकारले उहाँको सम्मानमा स्वागत समारोहको आयोजना गऱ्यो।

यस अवसरमा श्री कोविन्दले गोवाको प्रशंसा गर्नुहुँदै यहाँ बसोबासो गर्ने मानिसहरूलाई वैश्विक नागरिकको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो, गोवाले अन्तर्राष्ट्रिय भारतीय फिल्म महोत्सव, ब्रिक्स बैठक अनि अण्डर-17 फीफा विश्व कप जस्ता महत्त्वपूर्ण आयोजनहरू सफलतापूर्वक गरेको छ।