मानव संसाधन विकास मन्त्री प्रकाश जावडेकरले आज कनाडाको वैंकुवरमा 17औं विश्व संस्कृत सम्मेलनको उद्घाटन गर्नुहुनेछ

मानव संसाधन विकास मन्त्री प्रकाश जावडेकरले आज कनाडाको वैंकुवरमा 17औं विश्व संस्कृत सम्मेलनको उद्घाटन गर्नुहुनेछ। 40 मुलुकका 5 सय भन्दा धेरै विद्वान र प्रतिनिधिहरूले पाँच दिने यो आयोजनमा भाग लिइरहेका छन्।

सम्मेलनमा विभिन्न विषयहरूमाथि शोध आलेख प्रस्तुत गरिनेछ। इतिहास र वैदिक साहित्यमा महिला शिक्षा, संस्कृत तथा बौद्ध पाण्डुलिपिहरू, भागवत पुराण र गार्गीय ज्योतिषमाथि शोध जस्ता विषयहरूमाथि विशेष विचार-विमर्श गरिने सम्भावना छ। सम्मेलनको उद्देश्य पूरा विश्वमा संस्कृत भाषाको अभ्यास र संरक्षणलाई बढुवा दिनु हो। विश्व संस्कृत सम्मेलन हरेक तीन वर्षपछि विश्वका विभिन्न मुलुकहरूमा आयोजित गरिन्छ।