नयाँ शिक्षा नीति तयार पार्ने समितिको रिपोर्ट बुझाउने समय-सीमालाई बढाइयो

केन्द्रीय मानव संशाधन विकास मन्त्रालयले नयाँ शिक्षा नीतिको मस्यौदा तयार पार्ने कस्तुरीरङ्गन समितिको रिपोर्ट बुझाउने समयसीमा 31 अगस्टसम्म बढाएको छ। मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले जानकारी दिएअनुसार प्यानलले नीतिलाई अन्तिम रूप दिने समयसीमा बढाउने माग गरेको थियो र मन्त्रालयले यसलाई मञ्जूरी दिएको छ। इसरो-का पूर्व प्रमुखको अध्यक्षतामा रहेको प्यानलले आफ्नो रिपोर्ट जून 30 तारीखसम्म रिपोर्ट बुझाउनुपर्ने थियो। प्यानललाई तेस्रोपटक समयसीमा बढाउने मञ्जूरी दिइएको छ।

वर्तमान राष्ट्रिय शिक्षा नीति 1986-मा बनाइएको थियो र 1992-मा यसमा संशोधन गरिएको थियो।