पूर्वोत्तर क्षेत्रको सुरक्षा स्थितिमा व्यापक सुधार भएको छः राजनाथ सिंह

केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले पछिल्लो चार वर्षमा पूर्वोत्तर क्षेत्रको सुरक्षा स्थितिमा धेरै सुधार भएको बताउनुभएको छ। हिजो शिलङ्गमा पूर्वोत्तर परिषदका 67औं पूर्ण सत्रलाई सम्बोधित गर्दै श्री सिंहले भन्नुभयो, नब्बेको दशकको तुलनामा उग्रवादी घटनाहरूमा 85 प्रतिशत कमी आएको छ तथा नागरिक र सुरक्षा बलको हताहतको संख्यामा 96 प्रतिशत कमी आएको छ।
गृह मन्त्रीले भन्नुभयो, त्रिपुरा र मिजोराम उग्रवादबाट पूर्णरूपले मुक्त भएको छ। मेघालयबाट सशक्त बल विशेषाधिकार अधिनियम पूर्णरूपले हटाइएको छ।
श्री सिंहले पूर्वोत्तर राज्यमा केन्द्रद्वारा हालै मञ्जूरी दिइएको वित्तीय प्याकेजलाई प्रभावी ढङ्गले लागू गर्ने आग्रह गर्नुभयो। गृह मन्त्रीले भन्नुभयो, केन्द्रीय मन्त्रिमण्डलले यो वर्ष मार्चमा पूर्वोत्तर औद्योगिक विकास योजना-2017-लाई मञ्जूरी दिएको छ जसको मार्च 2020 सम्म तीस अर्ब रुपियाँ खर्च गरिनेछ।