भारत र दक्षिण कोरियाद्वारा विज्ञान र प्रविधिको क्षेत्रका पाँच सहमति पत्रमा हस्ताक्षर

भारत र दक्षिण कोरियाले विज्ञान र प्रविधिको क्षेत्रमा पाँच सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विज्ञान एवम् प्रविधि मन्त्री डा हर्ष वर्धन र दक्षिण कोरियाको उहाँका समकक्षी यू यङ्ग मीनले तीन सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको छ।

दुइ अन्य सहमति पत्रहरूमा भारतको वैज्ञानिक एवम् औद्योगिक अनुसन्धान परिषद र दक्षिण कोरियाको राष्ट्रिय विज्ञान एवम् प्रौद्योगिकी अनुसन्धान परिषद र आईआईटी मुम्बई र कोरियाको विज्ञान एवम् प्रौद्योगिकी संस्थानले हस्ताक्षर गरेका छन्।