प्रधान मन्त्री मोदी र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले आज नयाँ दिल्लीमा प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुहुनेछ

प्रधान मन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनका साथ आज नयाँ दिल्लीमा प्रतिनिधिमण्ड स्तरको वार्ता गर्नुहुनेछ। वार्तापछि थुप्रै सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना छ। दुवै नेताहरूले सीईओ-को गोलमेज बैठकलाई सम्बोधित गर्नुहुनेछ।

श्री मून र उहाँकी धर्मपत्नी श्रीमती किम जङ्ग-सूक चार दिने भारत भ्रमणमा आइतवार नयाँ दिल्ली आइपुग्नुभएको थियो। श्री मूनलाई राष्ट्रपति भवन परिसरमा पारम्परिक स्वागत गरिएको छ।