नेपालद्वारा सीमा पार रेल सम्पर्कहरूको विकासमा भारतको सहयोगको सराहना

नेपालले भारत-नेपाल सीमा पार रेल सम्पर्कको विकासमा भारतको सहयोगको सराहना गरेको छ। दुइ पक्ष जयनगरदेखि जनकपुर-कुर्था र जोगबनीदेखि बिराटनगर कस्टम यार्ड रेलवे लाइनहरूको कार्य यो वर्ष अक्टोबर सम्ममा पूरा गर्नका लागि ठोस प्रयास गर्न सहमत भएका छन्। दुइ पक्ष कुर्था-बिजलपुर-बर्दिवास र बिराटनगर कस्टम यार्ड-बिराटनगर खण्डका बाँकी भागहरूमा पनि प्राथमिकताको आधारमा काम गर्न सहमत भएका छन्। काठमाडौंमा आयोजित भारत-नेपाल सीमा पारी रेल सम्पर्क परियोजना सम्बन्धी सञ्चालन समितिको छैठौं बैठकमा यो निर्णय लिइएको हो। बैठकमा रक्सौल-काठमाडौ रेल लाइनको इञ्जीनियरिङ्ग एवम् यातायात सर्वेक्षणका लागि सहमति पत्रलाई अन्तिम रूप दिइनेबारे पनि छलफल भएको छ। भारत र नेपाल सरकार दुइ मुलुकहरूबीच सम्पर्क बढाएर व्यापार,वाणिज्य र आर्थिक सहयोगलाई बढुवा दिन सीमा पार भौतिक पूर्वाधारलाई मजबुत पार्न प्रतिबद्ध छन्।