संसदको मनसून सत्र भन्दा पहिले 17 जुलाईमा सर्वदलिय बैठक हुने

सरकारले संसदको मनसून सत्र भन्दा पहिले 17 जुलाईमा सर्वदलिय बैठक बोलाएको छ। बैठकको बेला केन्द्र सरकारले संसदका दुवै सदनहरूको कार्यवाही सुचारू सञ्चालन गराउन विपक्षको सहयोगको माग गर्नेछ।

लोकसभा अध्यक्ष सुमित्रा महाजनले पनि 17 जुलाईमा नै सदनको कार्यवाही सुचारू सञ्चालन गर्नका लागि विभिन्न राजनीतिक दलका नेताहरूबाट सहयोगको अपील गर्न सर्वदलीय बैठक डाक्नुभएको छ।

संसदको मनसून सत्र 18 जुलाईदेखि सुरु हुँदैछ र आगामी महिना 10 तारिखसम्म हुनेछ। मनसून सत्रमा तीन तलाक विधेयकलाई पारित गराउनु सरकारको मुख्य प्राथमिकता रहेको छ। लोकसभामा पारित यस विधेयकलाई अब राज्य सभामा पारित गराउनु छ। यस अतिरिक्त अन्य पछौटे वर्गका लागि राष्ट्रिय आयोगलाई संवैधानिक दर्जा दिनका लागि पनि सरकारले जोड दिनेछ।