नेपालमा प्रधान मन्त्रीद्वारा भारतको वित्तीय सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

नेपालका प्रधान मन्त्री के पी शर्मा ओलीले आज काठमाडौंमा नेपाल एकाडेमीको पुस्तकालय भवनको उद्घाटन गर्नुभएको छ। 4 करोड 39 लाख 40 हजार नेपाली रुपैयाको भारतीय सहयोगमा यो पुस्तकालयको निर्माण गरिएको हो। श्री ओलीले पुस्तकालय निर्माणमा भारत सरकारको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

यस अवसरमा नेपालमा भारतका राजदूत मंजीव सिंह पुरीले भन्नुभयो, दुइ मुलुकबीच सांस्कृतिक सम्बन्ध बढाउनका लागि पुस्तकालय एक महत्त्वपूर्ण मञ्च हो। नेपाल एकाडेमीका चान्सलर गंगाप्रसाद उप्रेतीले भन्नुभयो, यो नेपालको सबैभन्दा महत्त्वपूर्ण पुस्तकालय हुनेछ र यसले भारत र नेपालबीच साहित्यिक र सांस्कृतिक आदान-प्रदान बढाउनेछ।

तीन तले पुस्तकालय भवनले शोधकर्ता र शिक्षाविद्हरूलाई शोध र सन्दर्भ सुविधा उपलब्ध गराउनेछ। यसबाट पुस्तक प्रकाशनका लागि पनि मद्दत प्राप्त हुनेछ। भारतको विकास साझेदारी कार्यक्रमको एक भागको रूपमा यो पुस्तकालयको निर्माण गरिएको हो।