कानूनी पेशावालहरूको अनुभवको आदान-प्रदानको लागि भारत र संयुक्त अधिराज्यद्वारा सम्झौतामा हस्ताक्षर

भारत र संयुक्त अधिराज्यहरूले विभिन्न अदालतहरू र ट्राइबूनलहरूमा रहेका विवादहरूको मिमांशाको लागि कानूनी पेशावाल तथा सरकारी कार्यकर्ताहरूका अनुभवहरूको अदान-प्रदान गर्न एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्।

वित्तीय मन्त्री रवि शङ्कर प्रसादले यसै साता आफ्नो ब्रिटेन यात्रा अवधिमा लण्डनमा यस सम्झौता हस्ताक्षर गर्नुभयो। संयुक्त अधिराज्य तर्फबाट त्यहाँका न्याय राज्य मन्त्री डेभिड गोकेले यस सम्झौतामा हस्ताक्षर गर्नुभयो।

यस सहमति पत्रमा कानूनी मामिलामा द्विपक्षीय सहयोग बढाउने चाहना राखिएको छ जसले, विशेषज्ञाता र प्रशिक्षणको आदान-प्रदान मार्फत दुई मुलुकहरूका न्यायीक एवम् कानूनी पेशावालहरूबीच सहयोगको अभिवृद्धि निम्ति एउटा ढाँचाको व्यवस्था गर्नेछ।

दुई मुलुकहरूले अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक विषयहरूको सम्बन्धमा पनि  सूचनाको आदान-प्रदान  गर्ने छन्। मन्त्री मण्डलले विगत साता यस सहमति पत्रलाई मञ्जूरी प्रदान गरेको थियो।