विश्व ब्याङ्कको ऱ्याङ्किङ्गमा भारत विश्वको 6-औँ सर्ववृहत अर्थव्यवस्था

वाण्जिय एवम् उद्योग मन्त्री सुरेश प्रभुले भन्नुभएको छ, भारत प्रधान मन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आगामी केही वर्षहरू भित्रै 5 हजार अरब डलरको र लगभग 16 वर्षमा 10 हजार अरब डलरको अर्थव्यवस्था बन्ने मार्गमा अग्रसर छ।

वर्ष 2017-को लागि विश्व ब्याङ्कको आंकडामाथि प्रतिक्रिया व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो, यो अनेकौँ ढाँचागत, क्षेत्रगत एवम् सामाजिक आर्थिक सुधारहरूकै परिणति हो। उक्त रिपोर्टमा भारत विश्वको 6-औँ सर्ववृहत अर्थतन्त्र बनेको बताइएको छ। आगामी दिनहरूमा मानिसहरूले अझै अधिक परिणामहरू देख्न पाउने उहाँले बताउनुभयो।

सकल घरायसी उत्पादनको हिसाबले फ्रान्सलाई पछि धकेल्दै भारत 6-औँ स्थानमा पुगेको हो। वर्ष 2017-मा भारतको सकल घरायसी उत्पादन (जीडीपी) 2.597 हजार अरब डलर पुगेको थियो भने यसै अवधिमा फ्रान्सको जीडीपी 2.582 हजार अरब डलर रहेको थियो। अमेरिका विश्वको सबै भन्दा ठूलो अर्थव्यवस्था हो र त्यसपछि चीन, जापान, जर्मनी र संयुक्त अधिराज्यको स्थान रहेको छ।