म्याँमारद्वारा जातिगत विद्रोहीहरूसित शान्ति सम्मेलन सुरू

म्याँमारकी नेता आङ्ग सान सु ची र मुलुकको सेनाका कमाण्डरहरूद्वारा सात दशकसम्मको तिक्ततापूर्ण सम्बन्ध तथा सशस्त्र संघर्ष पछि एउटा दीगो शान्तिको दिशामा अघि बढ्ने प्रयासमा जातिगतरूपले अल्प संख्यक समुहरूसित बुधबार एउटा महत्त्वपूर्ण सम्मेलन सुरू गरियो।

उपस्थित व्यक्तिहरूलाई सम्बोधन गर्नुहुँदै सु ची-ले भन्नुभयो, उहाँलाई शान्ति सम्मेलन गर्ने क्रममा हुने कुनै पनि विलम्बबाट जनताको शान्ति प्राप्त गर्ने अवसरमाथि असर पर्न सक्ने डर छ।

अगष्ट 2016 र मे 2017-मा सम्पन्न बैठकहरू पछि भईरहेको 21औँ शताब्दि पाङ्गलङ्ग सम्मेलनको यो तेस्रो सत्र हो। अघि भएका सत्रहरू सरकार, सेना र अधिक स्वयात्वताको माग गरिरहेका जातिगत विद्रोही समुहहरू बीच रहेका मतभेदहरूको  मिमांशा गर्ने क्रममा खासै सफल हुन सकेका थिएनन्।

सम्मेलनको प्रारम्भिक दिनमा गर्नुभएको सम्बोधनमा सेना कमाण्डर वरिष्ठ जेनरेल मिन आङ्ग हालैङ्गले शान्ति प्रक्रियामा भइराखेको विलम्बबाट मुलुकको अल्प विकासमा योगदान पुगी राखेको कुरा बताउनुहुँदै शान्ति प्रक्रियामा हित निहित सबै पक्षहरूलाई तुरून्तै एउटा सम्झौतामा पुग्न आग्रह गर्नुभयो।