ब्रिटेनले अफगानिस्तानमा आफ्ना सैनिकहरूको संख्या दोब्बर पार्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा विद्यमान कमजोर सुरक्षा स्थितिको सामना गर्ने क्रममा त्यहाँ सैन्य बलहरूमा वृद्धि गर्न एउटा अनुरोध गर्नुभएपछि ब्रिटेन सो मुलुकमा आफ्ना टुकडीहरूको संख्या लगभग दोब्बर पार्ने योजना गर्दैछ।

प्रधान मन्त्री थेरेसा मे-ले उहाँको सरकारद्वारा तालिबान र इस्लामी स्टेटका विद्रोहीहरूसित मुकाबिला गर्ने दिशामा अफगानिस्तानका सिपाहीहरूलाई मद्दत गर्न थप 400 सिपाहीहरू पठाइने घोषणा गर्नुभएको छ। यसबाट अफगानिस्तानमा ब्रिटेनका सिपाहीहरूको संख्या लगभग 1100-मा पुग्नेछ।

यी थप सैनिकहरूले अफगान सैन्य बलहरूको प्रशिक्षण एवम् सहायताको लागि रिजोल्युट सपोर्ट अर्थात् दृदतापूर्ण समर्थन नामक न्याटो नेतृत्वाधीन प्रशिक्षण कार्यक्रममा भाग लिने छन्।

तिनीहरू काबूल आधारित रहनेछन् र लडाईँमा सामेल हुने छैनन्। ब्रिटिश सैन्य बलले 2014-मा आफ्ना लडाकु अभियानहरू समाप्त गरेको थियो।

यो घोषणा बेल्जियममा हुन निर्धारित न्याटो शिखर सम्मेलनको एक दिन पूर्व आएको छ।