क्रोएशिया पहिलो पटक फिफा विश्व कप फूटबल प्रतियोगिताको फाइनलमा

क्रोएशियाले हिजो राती मास्कोको लुजिन्कि स्टेडियमा भएको एक रोमाञ्चकारी सेमीफाइनलमा इङ्गल्याण्डलाई 2-1 गोलले पराजित गरी पहिलो पटक विश्व कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेष्टी प्राप्त गरेको छ।

खेलका अन्तिम मुहुर्तहरूसम्म 1-0 गोलले पछि रहेको क्रोएशियाले अतिरिक्त समयमा 2-1 गोलको बढत हासिल गरेर 1966 पछि पहिलो पल्ट विश्व कप फूटबलको फाइनलमा पुग्ने इङ्गल्याण्डको सपनालाई चकनाचुर पारी दियो।

अब आइतबार मास्कोमा क्रोएशिया र फ्रान्स बीच फिफा विश्व कप फूटबलको फाइनल खेल हुनेछ। इङ्गल्याण्ड र बेल्जियम बीच शानिबार सेन्ट पिटर्सबर्गमा तेस्रो स्थानको लागि मुकाबिला हुनेछ।