भारत यूरोपेली पुनर्निर्माण र विकास बैंकको 69औं शेयरधारक बन्यो

भारत औपचारिक रूपले यूरोपेली पुनर्निर्माण र विकास बैंकको 69औं शेयरधारक बनेको छ। यसका साथै बैंकको सञ्चालन क्षेत्रमा भारतीय कम्पनीहरूका साथ अझ बढी संयुक्त लगानीको मार्ग प्रशस्त भएको छ। बैंककी अध्यक्ष सुमा चक्रवर्तीले लण्डनमा भन्नुभयो, सदस्यतासित सम्बद्ध सबै प्रक्रिया यो साता पूरा भएको छ। जर्मनीको एकीकरणपछि यूरोपमा निजी र उद्यमशीलता अभियानलाई बढुवा दिनका लागि 1991 मा यस बैंकको स्थापना गरिएको थियो। बैंकको मुख्यालय लण्डनमा छ। यो बैंकले 38 उदीयमान अर्थव्यवस्थामा निवेश गर्दछ।