प्रधान मन्त्री नरेन्द्र मोदीले आज भारतीय पुरातत्व सर्वेक्षणको नयाँ मुख्यालयको उद्घाटन गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा भारतीय पुरतत्व सर्वेक्षण, एएसआई-को नयाँ मुख्यालयको उद्घाटन गर्नुहुनेछ। यो नयाँ भवन 24 तिलक मार्गमा अवस्थित छ।

यो भवन ऊर्जा दक्षता सहित आधुनिक तकनीक र सुविधाहरूले युक्त रहेको आधिकारिक जनाऊमा भनिएको छ। यसमा बिजुलीको कम खपत भएको प्रकाश व्यवस्था र वर्षाजल सञ्चय सहित अत्याधुनिक सुविधाहरू उपलब्ध छन्। भवनको केन्द्रीय पुस्तकालयमा लगभग डेढ लाख पुस्तक र पत्रिकाहरू उपलब्ध छन्।