मुद्रा नीति समितिले मुद्रा नीति बैठकको तीन दिने ढाँचा जारी राख्ने

भारतीय रिजर्भ ब्याङ्कले, मुख्य ब्याज दरहरूको सम्बन्धमा फैसला गर्ने उसको मुद्रा नीति समितिको तीन दिने ढाँचा जारी राख्ने बताएको छ।

हिजो मुम्बईमा जारी गरिएको एक प्रेस विज्ञाप्तिमा रिजर्भ ब्याङ्कले भन्यो, वर्ष 2018-19-को लागि तेस्रो मुद्रा वक्तव्य आगामी महिनाको एक तारिख घोषणा गरिने छ र पछिल्लो नीति पूर्व अपनाइएको  तीन दिने बैठकको ढाँचा जारी रहनेछ।

मुद्रा नीति समितिको बैठक दुइ दिने हुने गर्थ्यो तर कतिपय प्रशासनिक अनिवार्यताहरूले गर्दा पछिल्लो बैठक तीन दिनसम्म तन्किएको थियो। भारतीय रिजर्भ ब्याङ्कले ढाँचालाई तीन दिने बैठकमा बदलाउने कुनै कारण भने बताएको छैन।