गुजरातका मुख्य मन्त्री विजय रूपाणीद्वारा 39 करोड रुपियाँको ‘सीमा दर्शन’ परियोजनालाई मञ्जूरी

गुजरातका मुख्य मन्त्री विजय रूपाणीले सीमाना पर्यटनको लागि एउटा अद्वितिय गुजरात पहल मार्फत देश प्रेमको भावना जागृत गराउन बानकंठा जिल्लाको सुइगाम निकट स्थित नादाबेतमा टी-जंक्शन देखि जिरो पइन्टसम्म अझ बढी पूर्वाधार सुविधाहरूको विकास निम्ति 39 करोड रुपियाँको ‘सीमा दर्शन’ परियोजनाको लागि सैद्धानिक मञ्जूरी प्रदान गर्नुभएको छ।

गाँधी नगरमा सीमा दर्शन समीक्षा बैठकको अध्यक्षता गर्नुहुँदै उहाँले भन्नुभयो, यो परियोजना वाघा सीमाना शैलीमै विकासित गरिँदै छ र यसमा एउटा प्रदर्शनी भवन, एउटा परेड ग्राउण्ड र 5,000 मानिसहरू बस्न सक्ने एउटा खुल्ला मञ्च समेत रहेनछ। बैठकले वित्तीय सहयोगका लागि एउटा प्रस्ताव केन्द्रीय गृह तथा पर्यटन मन्त्रालयहरू समक्ष पठाउने निर्णय पनि गऱ्यो।

रु 22 करोडको लगानी निहित परियोजनाको प्रथम चरणको थालनी डिसेम्बर 24, 2016-मा गरिएको थियो र अहिलेसम्म लगभग एक लाख/पर्यटक युवाहरूले सीमा दर्शन अन्तर्गत एउटा उत्तेजनापूर्ण वातावरणमा सीमानाको अवलोकन गरिसकेका छन्।