डाटा लीक मामिलाः ब्रिटेनमा फेसबुकमाथि लगायो 6 लाख 60 हजार डलरको जरिमाना

ब्रिटेनको डेटा नियामकले फेसबुकमाथि 6 लाख 60 हजार डलरको जरिमाना लगाएको छ। उपयोगकर्ताहरूको जानकारी सुरक्षित राख्नमा असफल भएकोमा यो जरिमाना लगाइएको हो। ब्रिटेनमा 2016-मा यूरोपेली संघ जनमत संग्रहको बेला प्रचारकर्ताहरूले व्यक्तिगत जानकारीको दुष्प्रयोग गरेका थिए वा थिएनन् त्यसबारे जाँच गरिनेछ। सूचना आयोगको कार्यालयले एक प्रगति रिपोर्टमा भनेको छ, मानिसहरूको डेटा अन्य मानिसहरूले चोरी गरेकोबारे पारदर्शी बन्न कम्पनी असफल रहेको थियो।

ब्रिटेनको कन्सल्टेन्सी कम्पनी क्याम्ब्रिज एनालिटिकाले 8 करोड 70 लाख उपभोक्ताहरूको डेटा चोरी गरेको कुरा स्वीकारे छ। क्याम्ब्रिज एनालिटिकाले 2016-मा अमेरिकी चुनाउमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाउ प्रचार अभियानका लागि काम गरेको थियो। तर क्याम्ब्रिज एनालिटिकाले यस आरोपको खण्डन गरेको छ।