अफगानिस्तानको जलालाबादमा भएको आतङ्की हमलामा मृत्यु हुनेहरूको संख्या 11 पुग्यो

अफगानिस्तानको पूर्वी शहर जलालाबादमा भएको आतङ्की हमलामा मृत्यु हुनेहरूको संख्या 11 पुगेको छ। एकजना अधिकारीले जानकारी दिएअनुसार शहरको शिक्षा विभाग कार्यालय परिसरमा भएको हिजोको यस हमलामा अन्य 10 जना घाइते भएका छन्। आतङ्की हमला पछि सुरक्षाबलको कार्रवाईको बेला कैयौ मानिसहरू भवनभित्र फसेका थिए। बीस कर्मचारीहरूलाई भवनबाट सुरक्षित बाहिर निकालियो। मृत्यु भएका 11 व्यक्तिहरू शिक्षा विभागका कर्मचारीहरू थिए।