भारत-दक्षिण कोरिया सम्बन्ध: भविष्यमुखी सहयोगको परिकल्पना

दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनको चार दिने औपचारिक भारत भ्रमणको बेला  भारतको ‘पूर्वोन्मुखी कार्य नीति’ अनि दक्षिण कोरियाको ‘नयाँ दक्षिणी नीति’ बीचको समदृष्टिलाई प्रबल पार्दै प्रधान मन्त्री नरेन्द्र मोदी र राष्ट्रपति मून जे-इनले भारत-दक्षिण कोरिया द्विपक्षीय ‘विशेष सामरिक साझेदारी’-लाई झन मजबुत बनाउनुभयो।

भारतका ‘मेक इन इन्डिया’, ‘स्कील इन्डिया’, ‘डिजिटल इन्डिया’, ‘स्टार्ट अप इन्डिया’, ‘स्मार्ट सिटिज’ जस्ता प्रमुख पहलहरूमा दक्षिण कोरिया एक अपरिहार्य विकास साझेदार रहिआएको छ, तथा मई सन् 2015-मा भारतीय प्रधान मन्त्रीको सोल भ्रमणको बेला विकासमय सहयोगको रूपमा 10 अर्ब डलर तथा पूर्वाधार परियोजनाहरूका लागि रियायती ऋण प्रदान गर्ने प्रस्ताव दक्षिण कोरियाले राखेको थियो। कोरियाको आर्थिक विकास सहयोग कोष एवम् निर्यात ऋण मार्फत दुवै मुलुकहरूले पूर्वाधार परियोजनाहरूका लागि काम गरिराखेका छन्।

दक्षिण कोरियाको उत्पादन शक्तिले भारतको ‘मेक इन इन्डिया’ पहललाई मजबुती प्रदान गरेको छ। राष्ट्रपति मूनको भ्रमणको बेला दुवै नेताहरूले वर्ष 2020 भित्रमा वार्षिक 12 करोड मोबाइल फोन उत्पादन गर्ने स्यामसङ्गको एउटा क्षमता विस्तारित संयन्त्रको उद्घाटन संयुक्त रूपमा गर्नुभयो। यसले हजारौं रोजगार सिर्जना गर्नु मात्र होइन तर वैश्विक बजारमा फोन निर्यात पनि गर्नेछ। यसअघि 2017-मा किया मोटर्सद्वारा आन्ध्रप्रदेशमा विशाल अटोमोबाइल उत्पादन एकाई निर्माण गर्नका लागि एउटा समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरिएको थियो।

यसको अतिरिक्त, दक्षिण कोरियाली राष्ट्रपतिको भ्रमणको बेला व्यापार समाधानहरूमाथि, विशेषगरि एन्टि डम्पिङ्ग एवम् सब्सीडिमाथि ध्यान केन्द्रित गर्दै कैयौं समझदारी ज्ञापनपत्रहरूमा हस्ताक्षर गरियो। वस्तु, कृत्रिम बुद्धिमता तथा बिग डेटाको सञ्जालमाथि बल दिँदै वाणिज्यीकरण निम्ति चौथो औद्योगिक क्रान्तिका अत्याधुनिक प्रविधिहरूको अनुसरण, अत्याधुनिक दूरसंचार सेवाहरू, किफायती जल शुद्धिकरण प्रविधिमाथि वैज्ञानिक शोध, इन्टिलिजेन्ट परिवहन प्रणाली, शहरी पूर्वाधार, स्टार्ट-अप पारिस्थितिकी, कौशल प्रशिक्षण तथा नवीकरणीय ऊर्जाका क्षेत्रहरू, संयुक्त शोध परियोजना तथा अग्रिम अनुसन्धान एवम् विकास सुविधाको योजनासंलग्न रेलवे, अनि सूक्ष्म साना एवम् मध्यम उद्यमहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतालाई पोषण उक्त समझादरी ज्ञापनपत्रहरू सामेल छन्।

जाहजनिर्माण, सेमीकन्डक्टर, अटोमोबाइल तथा ईलेक्ट्रोनिक्समा दक्षिण कोरियाको स्थानले निर्यात-केन्द्रित अर्थव्यवस्था सिर्जना गरेको छ र यसका निम्ति भारत एक विस्तारशील बजार बनेको छ। आईटी सफ्टवेयरमा भारतको क्षमता अनि दक्षिण कोरियाका आईटी हार्डवेयर, डिजाइनिङ्ग, इंजिनीरिङ्ग तथा उत्पादन बीच तालमेल बढ्दै गएको छ। यद्यपि, भारतलाई कोरियाली आयातबजारमा प्रवेश गर्नु हो भने विशेषत: उच्च-प्राविधिक उत्पादहरूमाथि ध्यान केन्द्रित गर्दै प्राथमिक वस्तुहरूमा विविधता ल्याउनु अत्यावश्यक छ। सन् 2017-मा द्विपक्षीय व्यापार 20 अर्ब डलर पुगेको थियो भने भारतमा कुल कोरियाली एफडीआई 6.8 अर्ब डलर रहेको थियो। द्विपक्षीय व्यापार वृद्धि गर्न ‘वृहत्तर आर्थिक साझेदार सम्झौता’ (सीईपीए) अपग्रेड गर्नबारे दुवै पक्षहरूले कुराकारी गर्दैछन्। व्यापार उदारीकरणका लागि श्रिम्प, मोलस्क तथा प्रसंस्करित माछा लगायत मुख्य क्षेत्रहरूको पहिचान गर्दै अपग्रेडेड सीईपीए-को प्याकेजसम्बन्धी एउटा संयुक्त वक्तव्यमाथि हस्ताक्षर गरियो।

भारत तथा कोरियाका सीईओ (मुख्य कार्याकारी अधिकारी)-हरूको मञ्चले अटो, पूर्वाधार, सेवा, ईलेक्ट्रोनिक्स, आईटी एवम् स्टार्ट अप तथा सूक्ष्म साना एवम् मध्यम उद्यम (एमएसएमई) र साना एवम् मध्यम उद्यम (एसएमई) लगायत नवोन्मेषी वातावरण र रक्षा उत्पादन लगायत विभिन्न क्षेत्रहरूमा छ:वटा कार्यसमूह गठन गरेको छ।

‘विशेष सामरिक साझेदारी’-माथि बल दिदै दुवै नेताहरूले रक्षा उद्योग सहयोग तीव्र पार्नका लागि जोर दिनुभयो। यसअघि सन् 2017-मा दुइ पक्षहरूले ‘जहाजनिर्माणमा रक्षा उद्योग सहयोग’-माथि एउटा अन्तर-सरकारी समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए।

क्षेत्रीय स्तरमा भारत-दक्षिण कोरिया सम्बन्ध; लोकतन्त्रका साझा विश्वव्यापी मूल्यहरू, निष्पक्ष बजार अर्थव्यवस्था, नियम-कानून, एक शान्तिपूर्ण, स्थिर, सुरक्षित, खुला तथा नियम आधारित व्यवस्थाप्रति रहेको एकनासे प्रतिबद्धताको आधारमा  स्थापित भएको छ।

क्षेत्रिय शान्ति र स्थिरतामा योगदान दिने उद्देश्यकासाथ नयाँ दिल्ली र सोलले तेस्रो मुलुकहरूमा त्रिपक्षीय विकास सहयोग खोजी गर्ने निर्णय गरेका छन् जसको सुरुआत अफगानिस्तानमा क्षमता निर्माणकासाथ गरिनेछ। यसको अतिरिक्त, उत्तर-पूर्वी एसिया र दक्षिण कोरिया बीच प्रसार सम्पर्कतालाई रेखाङ्कित गर्दै भारत र दक्षिण कोरियाले विध्वंसकारी हतियार एवम् प्रहार प्रणालीको प्रसार, विशेषगरि आतङ्कीहरूको हातमा यी हतियारहरू पर्नेदेखि रोक्न सरसहयोग गर्ने वाचा गरेका छन्। कोरियाली प्रायद्वीपमा चिर शान्ति र पूर्ण परमाणुनिरस्त्रिकणको समर्थन गर्दै भारतले अन्तर-कोरिया शिखर वार्ताहरू अनि गत महिना सिंगापुरमा भएको ऐतिहासिक अमेरिका-उत्तर कोरिया शिखर वार्ता लगायत प्रायद्वीपमा हालैमा भएका घटनाक्रमहरूको स्वागत गऱ्यो।

विगतमा कोरियाली युद्धमा भारतको ऐतिहासिक भूमिका अनि हालमा कोरियाली शान्ति प्रक्रियामा एक सरोकारवालाको रूपमा भारतको भूमिकालाई बल  दिदै श्री मोदी र श्री मून सामरिक साझेदारीलाई अझ गहन पार्ने उद्देश्यकासाथ विशाल भारत-प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्न सहमत हुनुभएको छ।

आलेख: डक्टर तित्ली बसु, पूर्वी तथा दक्षिण पूर्वी एसियाकी सामरिक विश्लेषक